२०८१ श्रावण १२
                           

महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै हो –पूर्व मन्त्री दुलाल

भदौ ७, वाग्मती प्रदेश सरकारको पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले राजनीतिक रुपमा महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै भएकाबताउनुभएको छ ।
अखिल नेपाल महिला संघ(क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रम दुलालको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले महिलाहरुलाई आत्मनिर्भरता ,नेतृत्वदायी , सृजनसिल र सामाजिक भूमिकामा जोड दिनमा आग्रह गर्नुभएको थियो । हालसम्म प्राप्त अधिकार व्यवहारीक रुममा कार्यन्वयन गर्न पार्टीले बिधानमा नै ३५ प्रतिशत महिला अनिवार्य गरेको छ । र, त्यसको कार्यन्वयन गर्दैछौं । महिला बर्गको हकअधिकारको रक्षा र सन्तुलन अनेमसंघ(क्रान्तिकारी) गर्नुपर्दछ । त्यो सबैको माओवादी केन्द्रले अविभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका बिशेस अतिथि जिल्ला पार्टी संयोजक गोबिन्द पराजुलीले पुरुषको भन्दा सामाजिक रुपमा महिलाको बिस्वस्नियता बढी हुने उल्लेख गर्नुभयो । त्यसैले संगठनलाई ताकतिलो बनाउने काममा अग्रसर हुन आग्रह गर्नुभयो । केहि पार्टीबाट बाहिरीएकालाई इंगित गर्दै पराजुलीले माओबादी पार्टी अग्राखको ढोका भएको बताउदै बहिर लागेको धमिरा टक्टक्याएर रंगरोकन गरेपछि झन् बलियो हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको निवर्तमान उपप्रमुख जानुका पराजुली र संघको जिल्ला अध्यक्ष अम्बिका नेपालले आवाजबिहिनहरुको आवाज बुलन्द पार्ने काम अनेमसंघ(क्रान्तिकारी) ले गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व जनमुक्ति सेनाको कमान्डर चिन बहादुर तामाङ, श्यामसुन्दर श्रेष्ठ, महिला नेत्री मीना नेपाल, तारा रानाको आतिथ्यता र अगुवा महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
संघको सचिव –निर्मला तिमल्सिनाको सञ्चालन र अध्यक्ष अम्बिका गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्