२०८१ बैशाख १८

अखिल नेपाल महिला संघ ( समाजवादी ) सिन्धुपाल्चोकको तीज विशेष कार्यक्रम

५ भदौ , अखिल नेपाल महिला संघ ( समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको विस्तारित बैठक तथा तीज विशेष कार्यक्रम चौतारामा आईतबार तीजको शुभकामना साट्दै नाचगान सहित भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको बिस्तारित बैठकमा प्रमुख अतिथी एकीकृत समाजवादी पार्टी केन्द्रिय सदस्य, अ. ने.म. संघको प्रदेश अध्यक्ष सांसद मुनु सिग्देलले तिजको शुभकामना राख्दै महिला अधिकार सुनिश्चितका लागि महिलानै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली परम्परानै पुरुषले मात्र हरेक काममा अगाडि जानुपर्छ भन्ने सोचाइ रहेकाले अब त्यो अबस्था तोड्न महिला नै अगाडी आउनु पर्ने बताउनुभयोे । ‘ विभिन्न चार्ड पर्वका नाममा समाजमा विकृति फैलिएका छन ’ उहाले भन्नुभयो , ‘यस्ता समाजका विकृतिहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न लाग्नुपर्छ । ’


यस्तै चौतारा सागाचोकगढी नगरपालिका उपमेयर सिता थापाले हिन्दु नारीहरुको महान चाड हरितालीका तीज पर्वको सबैमा शुभकामना दिदै पछिल्लो समयमा तीजको नाममा गरगहना ,कपडा र सजावटी लगाएतका सामानमा ऋण गरेरै भएपनि देखाउने प्रचलन भएकोमा दु.ख व्यतm गदै यो तिजमा आफ्नो जे छ सोहिमा रमाएर तिजलाई मौलीक पर्वका रुपमा मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथी एकीकृत समाजवादी पार्टी केन्द्रिय सदस्य, अखिल नेपाल महिला संघको प्रदेश अध्यक्ष सांसद मुनु सिग्देल , अतिथिहरु भगवती नेपाल ,केन्द्रिय कमिटी सोम सापकोटा , जिल्ला अध्यक्ष नवराज पौडैल , चौ.सा.ग. नगरपालिका उपमेयर सिता थापा संगै महिला नेतृ संिगता पाख्रिन ,अनिता लामा , जिल्ला स.उपप्रमुख पदम नाथ नेपाल जिल्ला कमिटि सदस्यहरु , बिभिन्न सहकारी सस्थाका व्यतिmत्वहरु लगाएतको उपस्थिती रहेको थियो ।


आईतबार अखिल नेपाल महिला संघ ( समाजवादी ) सिन्धुपाल्चोकको आयोजनामा गरिएको तीज विशेष कार्यक्रममा सहकारी संघ सस्थामा आवद्ध तथा स्थानीयबासी महिलाहरुलाई दर खुवाउँदै कार्यक्रम सम्पन्न गरिएको चौतारा नगर उपमेयर थापाले बताउँनुभयो ।
कार्यक्रममा ८० भन्दा बढि को सहभागीता रहेको थियो । कार्यक्रममा सम्पूर्ण महिला जम्मा भएर छमछमी नाच्दै तीज विशेष कार्यक्रम मनाएका छन् । आधुनिक तीजको गित नभएर पुराना मौलिक शैलिको गित ‘माईता नजाउ बुहारी साडि याहि किन्दिउला ’ बोलको गित समेत गाएका थिए । साथै नवनिर्वाचित जनप्रतिनिधि उपमेयर , सदस्यहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्