२०८१ बैशाख १३

उद्योग वाणिज्य संघले मनाइयो स्थापना दिवस

चौतारा/ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।

शाखा कार्यालय चौतारामा आयोजित स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले उद्योग बाणिज्य संघद्वारा सिन्धुपाल्चोकमा आइपरेको हरेक आपत र विपदमा निर्वाह गर्दै आएको सहयोगी भूमिकाको प्रशंसा गर्नु भयो । उहाँले व्यापर व्यवसायीहरुको हक हितसँगै सामाजिक उत्तरदायित्व समेत बाणिज्य संंघले निर्वाह गरेकोमा प्रशंसा गर्दै आगामी दिनहरुमा सशक्तरुपमा समाजिक र आर्थिक गतिविधिमा उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक अग्र स्थानमा देखिने विश्वास व्यक्त गर्नू भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै चौतारा साँगाचोकगढी नगरापालिकाका प्रशासकीय अधिकृत रामबहादुर केसीले नगरपालिका आपसी सहयोग र समन्वय गरि अगाडि बढ्न तयार रहेको बताउनु भयो । संघका संस्थापक अध्यक्ष हरिशरण श्रेष्ठ, केन्द्रीय सदस्य कमलबहादुर श्रेष्ठ, निवर्तमा अध्यक्ष बेदबहादु श्रेष्ठ बेदबहादुर श्रेष्ठले संघको गतिविधिमाथि प्रकाश पार्दै आगामी दिनहरुमा संघले बनाउने कार्ययोजनामा सामाजिक र आर्थिक प्याकेजको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

त्यस्तै घरलुृ तथा साना उद्योगका प्रमुख विश्वनाथ काफलेले स्थानीय सरकारले उद्योग वाणिज्यलाई स्थानीय सरकारमा अनिवार्य दर्ता गर्ने नीति बनाउँदा उद्योग व्यवसायहरुले दोहोरो कर तिर्न वाध्य भएको बताए । एउटै व्यवसायले दुईतिर कर तिर्दा व्यवसायीहरु मारमा परेको उहाँको कथन थियो । राज्यलाई दोहोरो कर तिर्न पर्ने वाध्यताबाट मुक्त गर्न उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि उहाँले अनुरोध गर्नु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले तातोपानी नाका पटकपटक बन्द भएकोमा चिन्ता व्यक्त गर्दै नाका स्थाइरुपमा खुलाउन सरकार गम्भीर नभएको आरोप लगाउनु भयो । नाका बन्द हुँदा नाका आश्रित व्यवसायी मजदुरहरुको विचल्ली भएको भन्दै बाणिज्य संघले नाका नियमित खुलानउन र व्यवसायहरुलाई सीपमूलक तालिम दिइ वाणिज्यलाई मात्र नभइ उद्योग धन्धालाई पनि संघले प्रोत्साहन गर्नु पनर्ने बताउनु भयो । उहाँले सिन्धुपाल्चोकमा उद्योगको विकास हुन नसके भन्दै संघकै नेतृत्वमा नमुनाको उद्योग स्थापना गर्न समेत आग्रह गर्नुभयो ।

चौतारास्थित बृद्धाआश्रम सेवा समितिर जिल्ला खेलकूद संघलाई आवश्यक सामाग्री वितरण पश्चात सुरु भएको कार्यक्रममा अध्यक्षता एवम् स्वागत संघका अध्यक्ष होमबहादुर बस्नेतले गर्नु भएको थियो भने सल्लाकार उपसभापति बुद्धराज बस्नेतले समापन र महासचिव शम्भु तिमल्सिनाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्