२०८१ मंसिर २३
                           

ज्यामिरे राम्चेडाँडा सडक जिर्ण , जोखिम मोलेरै यात्रा

साउन २९ — मेलम्ची पाँचपोखरी सडक भाँसिदा नागरिक जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् । एक मात्र विकल्पको रुपमा रहेको मेलम्ची ९ ज्यामिरे राम्चेडाँडा सडकमा यात्रागर्ने हरुको मन थर थर काप्ने गर्छ ।

सडक जिर्ण हुँदा समेत जोखिम मोलेर भएपनि यातायातका साधनहरु गुडिरहेका छन् । कतिबेला अप्रिय घटना घट्छ भन्न सकिने अवस्था नरहेको यात्रुहरुको गुनासो छ । केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,इन्जिनियर लगायतको टोलिले अवलोकन गरि तत्काल सडक मर्मत गर्ने बताएपनि आज सम्म सडक मर्मतको काम हुन सकेको छैन ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका प्रबक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटो भन्दा छिटो सडक मर्मत गरि ब्यबस्थित बनाउन आग्रह गर्नुभएको छ । गाउँपालिका अध्यक्ष टासि लामाले पटक पटक नगरपालिकालाई आग्रह गरेको बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने उल्लेख गर्नुभयो । माथि काट्ने ठाउँ नभएका कारण तलबाट वाल लगाउनु पर्ने भएकाले केहि ढिला भएको नगर प्रमुख तामाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्