२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकका महिला गलैँचा बुन्दै, आम्दानी गर्दै

साउन १७ — पछिल्लो समय स्थानीय सरकारबाट विभिन्न तालिम लिएपछि ग्रामिण क्षेत्रका महिला उद्यममा जोडिएका छन् । स्थानीय सरकारले तालिम दिएपछि सिन्धुपाल्चोकका महिला पनि गलैँचा बुनेर राम्रो आम्दानी गरिरहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ३ बाट तीन महिने गलैँचा बुनाई तालिम पाएपछि फुर्सदको समय सदुपयोगसँगै मासिक २० हजारसम्म आम्दानी हुने मनमाया तामाङले बताउनुभयो । सिन्धुपाल्चोकको जुगल, हेलम्बु, लिसङ्खुपाखर, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकाका महिलाहरूको पनि मुख्य आयस्रोत गलैँचा बुनाइ भएको छ ।

महिला स्वरोजगारसँगै बजारीकरण पनि राम्रो हुन थालेपछि स्थानीय सरकारले पनि गलैँचा बुनाई तालिमसँगै गलैँचा बुन्ने तान लगायत आवश्यक सामग्री पनि नि:शुल्क वितरण गर्दै आएका छन् ।गुणस्तरीय गलैँचाका लागि बजारको अभाव नभएको उद्यमीहरू बताउँछन् । गलैँचा बुन्नका लागि धागो लगायतका सामाग्रीहरू व्यवसायीले ल्याईदिने र बुने बापतको ज्याला गलैँचाको स्तर हेरेर भुक्तानी दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्