२०८१ श्रावण १२
                           

बर्षौ देखि बाँजो जमिनहरु विभिन्न खेतिकार्यको लागि प्रयोग

साउन ३- जंगली जनावरको आतंकले हैरान कृषक नया नया विकल्पको खोजिमा छन । त्यसको ज्वलनत उदाहरण बनेको छ पाँचपोखरी थाङ्पाल गाउँपालिका । पाँचपाखेरी थाङ्पाल गाउँपालिकाले बर्षौ देखि बाँजो रहेका जमिनहरु विभिन्न खेतिकार्यको लागि प्रयोगमा ल्याएको छ । पुरानै शैलीको खेति गर्ने प्रणाली, जंगली जनावरको आतंक, युवा तथा जनशक्ति अभाव लगायतका विविध समस्याका कारण बाँजो रहेका जग्गामा अहिले परिवेश सुहाँउदो बालिलगाउन थालेपछि राम्रो उत्पादन समेत हुन थालेको छ । जसले गर्दा कृषकहरु खुशि छन् । देश सघिंय संरचनामा गएसँगै स्थानिय तहहरुले बाँजो रहेका खेतियोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने संकल्प गरेका थिए ।

स्थानियतह निर्वाचनको पहिलो कार्यकालमा पाँचपोखरी थाङ्पाल गाउँपालकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर कृषकहरुको विवरण सहित खेति भईरहेको जग्गा र बाँजो जमिनको विवरण संकलन तयार गरेको थियो । जग्गा बाँजो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न र युवाहरुलाई कृषि पेशामा परिचालन गर्न स्थान विशेषका व्यवासायिक कृषि बाली बस्तुहरुको पहिचान गरि कृषकहरुलाई विशेष अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमख निमराज गिरीले जानकारी दिनुभयो । अहिले कृषि कार्यमा लगानी गरेअनुसार किसानहरुले उपलब्धि हाँसिल गरेकाछन् । यस गाउँपालिकाका मुख्य स्थानिय नगदेबालीहरुमा(आलु, किवीफल, अलैची, चिया, कफि, अदुवा बेसार र तरकारीबालीहरु) पर्ने कृषि प्राबिधिक संगीता दुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्