२०८१ श्रावण १२
                           

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति

असार ३१ — कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो रूपमा सञ्चालनमा आउने भएको छ । हिजो सीमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर, कहिलेबाट खोल्ने भन्ने मिति तय भएको छैन ।
परराष्ट्र मन्त्रालयको पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङको नेतृत्वमा भएको बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्वलाई जोड दिँदै दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न सहमति जनाएका छन् । नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा र्पुयाउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड–१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देश लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्