२०८१ श्रावण १२
                           

चौतारा सांगाचोकगढी नगरपालिकाद्धारा बजेट सार्वजनिक , सात वटा वडाको ब्रेकडाउन

असार २९ — सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले आ.व.०७९÷८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।
सार्वजनिक गरीएको बजेटमा आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ ।
त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख, नगर गौरवका योजनाका लागि २ करोड विनियोजन गरिएको छ ।
चालु आ.व.मा सञ्चालन भएका अधुरा योजनाहरुलाई पूरा गर्न, संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागिसमेत बजेट विनियोजन गरिको छ ।
नगरपालिकाले संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा १ करोड ८० लाख विनियोजन गरेको छ । प्रदेश समपुरक अनुदान प्रदेशबाट प्राप्त हुनेसमेत गरी ६ करोड विनियोजन गरेको छ । नगरसभाले विभिन्न ४४ वटा नगर कार्यपालिकाले गरेको निर्णयहरु पारीत समेत गरेको छ ।नगर सभामा बोल्दै मेयर कृष्ण प्रसाद सापकोटाले सबैको समन्वय र सहकार्यमा बजेट कार्यन्वयन गरिने उल्लेख गर्दै सम्वृद्ध नगर निमार्णको लागि हातेमालो गरेर अगाडि वड्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
बजेट सार्वजनिक गरिरहदा वडागत रुपमा वडा नम्बर १, २, ३, ८,९,१० र १४ नम्बरले आर्थिक वर्ष ०७९।८० को वार्षिक योजना ,कार्यक्रम तथा बजेट दिन सकेनन् । बाकि वडाले भने वडा स्तरीय कार्यक्रम सहितको बजेट ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्