२०८१ श्रावण १२
                           

पाँचपोखरी थाङ्पालमा उत्कृष्ट कर्मचारी सम्मानीत

असार २० — पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा पालिकाका कर्मचारी मध्ये उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरेको छ । आज गाउँपालिकाको सभा हलमा विभिन्न तहका कर्मचारीहरूलाई सम्मान गरेको हो ।
पालिकामा कार्यरत कर्मचारीमध्ये श्रेणी विहीन कर्मचारीहरूमा मङ्गल बोम्जन,वडा सचिवहरूबाट वडा नं १ का भुवन कुमार बुढा,स्वास्थ्य क्षेत्रमा वडा नं ८ की सावित्री खड्का,शिक्षा क्षेत्रबाट थाङ्पाल भ्यालीका प्रधानाध्यापक विजय तामाङ तथा गाउँपालिका कार्यालयबाट रोजगार संयोजक ध्रुव प्रसाद लामिछाने सर्वोत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको हो ।
त्यस्तै शैक्षिक सत्र २०७८ मा आधारभूत तह कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने थाङ्पाल भ्याली माध्यमिक विद्यालयकी एलिना तामाङलाई सम्मान गरेको छ । पालिकाबाटै  MBBS छात्रवृत्तिमा नाम निकाल्न सफल बरुवाका जिमी स्याङ्बोलाई नगद १ लाख सहित सम्मान गरेको थियो । त्यस्तै IT अध्ययनरत पेम्वा साम्देन बरुवालाई नगद ६० हजार साथै सब इन्जिनियरिङ अध्ययनरत सुनिल तामाङ लेखर्कलाई नगद ३० हजारको छात्रवृत्ति वितरण गरेको छ।
साथै गाउँपालिका गान प्रतियोगितामा सर्वोत्कृष्ट हुनुहुने उत्तमणी पौड्याललाई सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्