२०८१ जेष्ठ ४

सिन्धुपाल्चोककी दुर्गा आचार्यलाई महिला सशक्तीकरण पत्रकारिता पुरस्कार

चौतारा/ प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट यो बर्ष सिन्धुपाल्चोककी दुर्गा आचार्य पुरस्कृत हुने भएको छ ।

प्रेस काउन्सिल नेपालको बार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कारबाट सिन्धुपाल्चोककी आचार्य लगायत विभिन्न जिल्लाका गरि ६ जना पुरस्कृत हुने काउन्सिलले जनाएको छ । बिभिन्न सञ्चार माध्यममा आवद्ध रही सक्रिय पत्रकारिता गर्दै आएकी आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी पूर्व उपाध्यक्ष तथा प्रेस युनियन सिन्धुपाल्चोककी निवर्तमान अध्यक्षसमेत हुन् ।

१ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार भने निर्मला शर्मालाई प्रदान गर्ने काउन्सिलले निर्णय गरेको छ ।

असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा वितरण हुने विभिन्न पुरस्कार तथा सम्मान प्रेस काउन्सिल नेपालले आफ्नो ५४ औं वार्षिक उत्सवको अवसरमा प्रदान गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्