२०८१ श्रावण १२
                           

मेलम्चीमा विपद् व्यवस्थापन अभिमुखीकरण तालिम

असार १३ — स्थानीय तहहरुका लागि संचालित दुई दिने विपद् व्यवस्थापन अभिमुखीकरण तालिम मेलम्चीमा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं। १६ गण हेडक्वाटर, सिन्धुपाल्चोकद्वारा तालिम संचालन भएको थियो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन तथा जिल्ला बिपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको संयोजनमा २ दिने तिपद् व्यवस्थापन अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । विपद आउनै नदिने र आईहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विपद व्यवस्थापन र न्युनिकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा यो तालिम प्रभावकारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । “नेपाल आर्मिले गरेको डेमो र सशस्त्र प्रहरीले दिएको यस्तो तालिम एकदमै प्रभावकारी छ“, तामाङले भन्नुभयो । स्थानिय बिपद् व्यवस्थापन समिति र नेपाल स्काउट बागमती प्रदेश तालिमको स्थानिय संयोजक रहेका थिए । तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरि २८ जनाको सहभागीता रहेको थियो ।
साथै विपद् व्यवस्थापनको लागि नगरपालिकाले प्रत्येक वडामा रू ५० हजार बजेट पठाएको तामाङले जानकारी दिनुभयो । नगरमा पनि आवश्यक सामान तयारि हालतमा राखेको उहाँले बताउनुभएको छ । अबको ३ महिना तयारी अवस्थामा रहि जनधनको रक्षा गर्न सबै एक भएर लाग्नुपर्ने तामाङले धारणा राख्नुभयो ।
दुईदिने तालिममा सहभागीलाई नगर प्रमुख आइतमान तामाङ, प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख उमा प्रधानले सहभागिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्