२०८१ श्रावण १२
                           

सिजनमै रासायनिक मल नपाएपछि किसान भौंतारिदै, ५ सय मेट्रिक टन मल तातोपानी भन्सारमै थन्कियो

जेठ २४ — धान र मकैमा हाल्ने मुख्य सिजनमै रासायनिक मल नपाएपछि किसान भौंतारिइरहेका छन् । तर उत्तरी छिमेकी चीनसाग खरिद गरिएको रासायनिक मल तातोपानी भन्सारको गोदामै थन्किएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भन्सारबाट छुटाउने अनुमतिपत्र नदिदा ५ सय मेट्रिक टन मल भन्सारमै थन्किएको हो ।
लामो समयदेखि मल अभाव भएकाले मकै र हिउदे धान र तरकारीका लागि मल नपाउादा कृषक चिन्तामा परेका छन् । धान लगाउने सिजन सुरू भइसके पनि अझै मल आउने अत्तोपत्तो छैन् । बेलैमा मकै, धान र तरकारी जस्ता बालीमा मल हाल्न नपाउादा कृषक उत्पादन घट्ने चिन्तामा छन् ।

मल अभाव झेल्नुपर्दा किसानले सरो मकै दोहो¥याउन पाएका छैनन् । त्यति मात्र होइन, बर्खेबालीका लागि धान र कोदोको विउ राख्नसमेत ढिलाइ भएको छ । मलको प्रयोग गर्ने याममा बर्सेनी अभावको सामना गर्नुपरेको छ । सरकारले चीनबाट खरिद गरेर ल्याएको मल नाकामै थन्किएर बस्दा किसानलाई अर्को चिन्ता थपेको छ ।
चीनले नेपाललाई पठाउनुपर्ने ९ सय ८० मेट्रिक टन युरिया र ८० मेट्रिक टन डीएपीमात्र मौज्दात छ । यो मल मन्त्रालयको सम्झौतामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीमार्फत् भित्र्याउन लागिएको हो । तर मन्त्रालयले स्वीकृति दिएको छैन । मल खरिदका लागि जिम्मा पाएको कम्पनी र मन्त्रालयबीच प्रक्रिया नमिले जफत गर्ने चेतावनी भन्सार कार्यालयले दिएको छ ।

नेपाल सरकारको अनुदानमा सुपथ मूल्यमा पाउने मल भन्सारमै रोकिदा किसान अप्ठ्यारोमा परेको छ । चीनबाट छिटो र सुलभ मूल्यमा नेपाल आएको मल तत्काल सरकारी प्रकृया मिलाएर भित्र्याउन सके किसानले मल अभाव भोग्नुपर्ने थिएन ।

प्रतिक्रिया दिनुहोस्