२०८१ श्रावण १२
                           

समयमै पाठ्यपुस्तक पुर्याउन नसक्दा सामुदायिक बिद्यालयमा पढाई प्रभावित

चौतारा ,जेठ १९ — जेठ १ गतेबाट नया शैक्षिक सत्र सुरुभैसकेको छ ।तर सिन्धुपाल्चोकका विद्यार्थीले पाठ्यपुस्तक अझै पाउन सकेका छैनन् । सरकारले समयमै पाठ्यपुस्तक पुर्याउन नसक्दा सिन्धुपाल्चोकको सामुदायिक बिद्यालयमा पढाई प्रभावित भएको छ ।

पुस्तक अभावले पठन पाठनमा समस्या भएको विद्यालयले जनाएका छन् । भर्नासंगै उत्साहका साथ विद्यार्थी विद्यालय पुगिसकेका छन् । विद्यार्थी भर्नासगै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक दिने भनिए पनि अहिलेसम्म विद्यार्थीहरु खाली झोला विद्यालय जानुपरेको छ ।

शिक्षकहरुले विद्यार्थीलाई पाठ्यक्रम विकास केन्ऽको वेबसाइटमा भएको पाठ्यक्रम प्रिन्ट गरेर अध्यापन गराइरहेका छन् । तर विद्यालय बाहेका बालबालिकालाई घरमै किताब लिएर पढ्न र गृहकार्य गर्न समस्या छ ।
पाठ्यक्रम विकास केन्ऽले डिजिटल पाठ्यक्रम तथा पाठ्यपुस्तक वेबसाइटमा राखेको छ । त्यही सामग्री डाउनलोड गरेर पढाउदा विद्यार्थीलाई बुझाउन र पढाएको पनि प्रभावकारी नभएको शिक्षकहरुको अनुभव छ ।

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाा पाठ्यक्रम लागु गर्ने निर्णय गरेको थियो । सोही अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाा पाठ्यक्रम लागू गरिएको छ ।

जनक शिक्षाका तीनवटा छापाखानाबाट अहिले पाठ्यपुस्तक छपाइ भइरहेको छ । ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता एक लाख २५ हजार थान जति छ । छपाइ अवस्था हेर्दा बाँकी पाठ्यपुस्तक छाप्न कम्तीमा पनि जेठभर लाग्छ । पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी मुद्रकहरूलाई गएको माघ–फागुनमा मात्र प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको थियो । केन्द्रले उपलब्ध गराएको पीआरसीबाट पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि पाठ्यपुस्तक छपाइमा समस्या भएको गुनासो मुद्रकहरूको छ ।

प्रतिक्रिया दिनुहोस्