२०८१ श्रावण १२
                           

म शासक होइन सेवक बन्छुः अध्यक्ष स्याङबो

९, जेठ , मत दाता भेटघाट कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले भने तपाइहरुले अमुल्य मत दिएर विजयी गराउनु भयो, मैले आज जुगल गाउँपालिकाको अध्यक्षका रुपमा जुगलका जनताको नाममा सपथ लिएको बताए ।

नवनिर्वाचित अध्यक्ष रेशम स्याङबोले अबको पाँच वर्ष जनताको सुख दुःखको सारथी बन्दै जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । तपाइहरुले गर्नु भएको विश्वास कायम राख्ने छु, विश्वासघात गर्ने छैन, जुगल गाउँपालिका बासीको शिर झुक्ने काम गर्ने छैन । समृद्ध जुगल निर्माणका लागि जनताका सँगै बसेर योजना निर्माण र कार्यान्वयनमा लाग्ने छु । पक्षपातपूर्ण व्यवहार गर्ने छैन ।

काम गरेर खाने वर्ग, किसान, मजदुरका लागि पालिकाबाट गर्न सकिने काममा हरदिन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।संघ र प्रदेशसँग समन्वयमा काम गर्ने छु । सातवटै वडाबाट निर्वाचित वडा अध्यक्षहरु, सदस्यहरु र कार्यपालिकाको टिमसँग समन्वयमा जुगलको विकास र समृद्धिका पक्षमा काम गर्ने छु ।

सुरुवात देखि नै नागरिकको शासक हैन सेवक बनेर काम गर्ने प्रतिबद्धता गर्दा नागरिकले विश्वास गरेर आफुलाई जिताईदिएकोले आफु नागरिक प्रति सधै बफादार रहने उनले बताए ।

जनताको समस्या समाधान गर्न आफु सधै प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए । भौतिक पूर्वाधारसंगै सामाजिक क्षेत्रमा  निर्वाचित नहुँदा पनि आफुहरुले उल्लेखीय प्रगति गरेको दावी गर्दै निर्वाचनको बेला जनता समक्ष बाचा गरेको योजना पुरा गर्ने दृढता समेत उनले व्यक्त गरे । नागरिकलाई समस्या परे तुरुन्त आफूलाई खबर गर्न जुगलबासीलाई उनले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्