२०८१ जेष्ठ ५

तातोपानी नाका हुदै १० कन्टेनर स्वास्थ्य सामाग्री नेपाल भित्रीयो


तातोपानी – नेपाली सेनाले चीनबाट ल्याउन लागेको मेडिकल सामाग्री नेपाल चीन सीमा नाका तातोपानीमा शुक्रवार आइपुगेको छ । सरकारले नेपाली सेनालाइ कोरोना भाइरस रोकथामको लागि आबश्यक पर्ने मेडिकल सामग्री खरिद गर्न जिम्मेवारी दिएपछि शुक्रवार उत्तरी नाका तातोपानीबाट १० कन्टेनर मेडिकल सामग्री ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले तातोपानी नाका संचालन गरेपछि निजि क्षेत्रले समेत मेडिकल सामाग्री यस अघिनै ल्याएको थियो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले नाका सहज तरिकाले संचालनमा आएको छ । शुक्रवार नेपाली सेनाले १० कन्टेनर मेडिकल सामाग्री तातोपानी ल्याएका छन, उनले भने, अब उक्त सामान लाई १२ घन्टा सम्म क्वारेन्टाइनमा राखेर मात्रै भन्सार गरिने छ खत्रीले भने, यस अघि स्याउ, लसुन,प्याज, विउविजन इलोक्ट्रोनिक सामाग्री ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।  सरकारले नेपाली सेनालाइ कोभिड १९ कोरोना भाइरस रोकथामको लागि आवश्यक पर्ने मेडिकल सामाग्री खरिदका लागि जिम्वेवारी दिलएको थियो ।

प्रतिक्रिया दिनुहोस्