२०८१ श्रावण १२
                           

वातावरण मैत्री महिनावारी प्याड वितरण गर्दै मनाईयो महिनावारी स्वच्छता दिवस

हरेक बर्ष मे २८ को दिन मनाइने महिनावारी स्वच्छता दिवस यस बर्ष पनि एक कार्यक्रम बिच मनाइएको छ ।
परम्परा देखि नै हाम्रो समाजमा जड गाडेकाे एक सामाजिक अन्धविश्वास र त्यस अन्धविश्वासको कारण महिलाहरूले महिनावारी हुदा भोग्नु परेको समस्या लगायत बिशेष गरी महिनावारीको महत्त्व, यसको अवस्था र यस सम्बन्धि ध्यान दिनु पर्ने कुराहरुलाई केन्द्रमा राखेर यो दिवास मनाउदै गरिएको छ।
यस्तै यस बर्ष फ्रीडम किडस् ब्यागले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित नारायणथान स्वास्थ्य माहिला समूह र श्री कृष्ण आधारभुत विद्यालयका अभिभावकहरुलाई महिनावारी सम्बन्धि शिक्षा दिदै महिनावारी हुदा प्रयोगमा हुने ७० थान फ्रीडम किडस् ब्याग वितरण गरेको फ्रीडम दुत निर्मला श्रेष्ठले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्