२०८१ श्रावण १२
                           

माननीय शेर बहादुर तामाङको पहलमा भोटसिपाबासी घर फर्के

माननीय शेर बहादुर तामाङको पहलमा भोटसिपाबासी घर फर्के
भोटसिपाबासी – सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउंपालिका वडा नं ९ ले उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गरेको छ । विभिन्न कामको सिलसिलामा उपत्यकामा रहेको करिब १२० जनालाई हिजो साझ भोटसिपा ल्याई पुर्याइएको उक्त वडाका वडा अध्यक्ष बाबुराम लामाले जानकारी गराए । वडाबासीहरुलाई उहांहरु बसेकै स्थानमा पुगेर सामन्य स्वास्थ परिक्षण समेत गरि मास्क र स्यानिटाईजर प्रयोग गर्न लगाई सुरक्षित साथ लगिएको स्थानीय समाजसेवी लायुर लामाले जानकारी गराउनु भयो । पुर्बमन्त्री एबम सो क्षेत्रका प्रतिनिधि सभाका माननीय सांसद शेर बहादुर तामाङको बिशेष पहलमा समस्यामा रहेका भोटसिपाबासीहरुलाई आफ्नो गाउँ फर्काइएको हो । आफ्नो गाउँ जाने भोटसिपाबासिहरुलाई माननीय शेर बहादुर तामाङका स्वकिय सचिब निर्मल बन्जाराले समन्वय गरी गाउँ पठाउन सहयोग गर्नु भएको उक्त वडाका वडा अध्यक्ष लामाले जानकारी गराए ।काठमाडौबाट गाउँ फर्कने समयमा भेला भएका भोटसिपाबासीहरुलाई निर्मल बन्जाराले बृफिङ गर्नु हुंदै सामाजिक दुरी कायम गर्दै कृषि क्रान्तीमा लाग्न बिशेष अपिल समेत गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्