सन् २०१९ को डिसेम्बरमा चीनको एउटा शहर युहानबाट मानव शरीरमा देखा परेको कोरोना भाइरस पाँच महिनाको अन्तरालमा विश्वका १८५ भन्दा बढि मुलुकमा देखा परिसकेको छ । अप्रिल २०२० को तेस्रो हप्तासम्म आईपुग्दा विश्वमा ६ लाख २४ हजार मानिस उपचार पश्चात घर फर्किएका छन् भने २४ लाख भन्दा बढि मानिसमा संक्रमण देखा परेको र १ लाख ६५ हजारले ज्यान गुमाई सकेको त्रासदिपूर्ण अबस्था रहेको छ । यस महामारीबाट हालसम्म सबभन्दा बढी जनधनको क्षति संयुक्त राज्य अमेरिकाले व्यहोर्नु परेको छ । यसै गरी विकसित र सम्पन्न भनिएका इटाली, स्पेन, जर्मन, फ्रान्स, बेलायत आदि देशहरुले पनि ठूलो जनधनको क्षसत सहनु परेको छ ।
कोरोनाको उद्गम देश, विशाल जनसंख्या भएको देश चीनले थोरै जनधनको क्षति व्यहोरेर यस रोगलाई नियन्त्रणमा लिएुकेको दाबी गरेको छ । विशाल जनसंख्या रहेको हाम्रो छिमेकी राष्ट्र भारतमा यस रोगको प्रभाव बढ्दो गतिमा देखिन्छ । यद्यपि संक्रमणको भयावह भने नियन्त्रयामा नै रहेको समाचार आईरहेका छन् । हालसम्म नेपालमा प्रयोगशालाबाट प्रमाणित ३१ जना र त्यसमा ३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म नियन्त्रणमा नै रहेको सरकारले बताईरहेको छ ।
विश्व स्वास्थ्य संगठनको भनाईमा नेपालपनि कोरोना भाइरस संक्रमण जोखिममा रहेको थियो । संगठनले बिश्वका सबै राष्ट्र सतर्कता अप्नाउन आव्हान गरिरहदा जोखिममा रहेका देशहरुले विशेष सतर्कता अप्नाउन जोड गरिरहेको छ । संगठनको आव्हानलाई उपयुक्त सावधानी मानेर विश्वका सबै राष्ट्रहरुले मानिसको आवतजावत, बाहिरी चहनपहललाई बन्दाबन्दि ९ीयअपमयधल० गरेका छन् । आप्mना नागरिकहरुलाई घरभित्रनै रहन आव्हान गरेको छ । औषधि उपचारजन्य उत्पादनका उद्योगहरु बाहेक अन्य उद्योग कलकारखाना, विद्यालय, सरकारी कार्यालय आदि बन्द प्रायः छन् । मानव समुदायबीच कोरोनाका भाइरस सर्नै नदिनको लागि सावधानीका उपायहरु अवलम्बन गर्न सरकारले दवावमूलक आव्हान गरेकोछ । प्रायः आम नागरिकले ‘घरमा बसौं–सुरक्षित होऔं’ लाई पालना गरिरहेको देखिन्छ । अपवादमा, भोक र शोकले छट्पटाएका परिवार बाहेक । औपचारीक तवरमा घरबाहिरको शून्य कृयाकलाप रहेको वर्तमान अवस्था हो ।
प्रकृतिको नियम गति अकाट्य छ । यो निरन्तर चलिरहन्छ । आप्mनो गति चलाईरहन प्रकृति भित्रै चक्रिय प्रणालीद्वारा उर्जा प्राप्त गरिरहेका हुन्छन् । यो चक्रिय प्रणालीलाई यसलाई न कसैले रोक्न सक्छ न छेक्न सक्छ । वा न प्रकृति आफै मानवप्रति संवेदनशील बनेर रोकिन्छिन् । प्राणीजगत प्रकृतिको उपज हो । यो भित्र पनि एउटा प्रकृति हुन्छ । यी प्राणीहरुको पनि अन्तर गति चलिरहन्छ चाहे निन्द्रामा होस कि तन्द्रामा । फरक यत्ति हो कि प्राणी जगतलाई उर्जा प्राप्त गर्न बाह्य श्रोतको आवश्यक पर्छ जुन प्रकृतिसंगको लेनदेन नै प्राणी जगतको चक्रिय प्रणाली हो ।
विगतमा हाम्रो देश कृषि प्रधान मुलुक भनेर चिनिन्थ्यो । केहि कृषि उपज जस्तै धान, मकै, खुर्सानी आदि विदेश निकासी गरिन्थ्यो । अहिले कृषि प्रधान मुलुक भन्नलाई सरम लाग्ने भएको छ । अहिले हामी न कृषि उन्नत, न औद्योगिक राष्ट्र हौं । न निर्यात गर्न सक्छौ न आयातको लागि मनग्य सम्पत्ति श्रोत भएको राष्ट्र हौं । गोंलभेंडा, लसुन, प्याज आदि लगायत खाद्यान्न देखि रातको अध्यारो हटाउन बिजुली समेत किनिरहेका छौं । खाद्यान्न, अतिअवश्यकीय सामाग्रिहरु भन्दा दशौं गुना बढी विलासिताको यन्त्रमा खर्चिरहेका छौं । करोडौं जनताको भान्सा चलाउने बस्तुमा भन्दा एकजनाको सयलका लागि खर्च गर्न उद्धत देखिन्छौं । हाम्रो राज्यको बार्षिक व्यापार घाटा हरेक वर्ष बढिरहेको छ । देश बिप्रेषण र अनुदानले चलिरहेको छ । हरेक नेपालीको थाप्लोमा आधा लाखको हाराहारीमा बैदेशिक ऋण रहेको छ । ऋणम् कृत्वा घृतम् पिवेत भने जस्तै हामी उपभोक्तावादी संस्कारको भासमा जाकिदै छौं । बिश्वका कुनैपनि कुनाका उत्पादित नविन सुबिधा हामीलाई चाहिएको छ जसरि पनि । यस्तो असहिष्णु विकृत मानसिकताबाट उव्जिएको संस्कार, संस्कृतिका कारण कृषि प्रधान समाज खाद्यान्न आयात गरिरहेको छ ।
चीनबाट लसुन र भारतबाट प्याज नआउदा छट्पाउदै सडकमा निस्केको अवस्था देखियो । जलश्रोतको धनि सिंचाईको त कुरै छाडौं जनता काकाकुल बन्न बाध्य छन् । पर्यटन, भूगर्व श्रोत आदिको समुचित बिकास, उपयोग र उपभोग गरेर देहको आर्थिक समृद्धि गराउने कुरा हिजो त टेलिभिजनको पर्दा भन्दा बाहिर आउन सकेको थिएन भने अब झन् कोरोनाले देशका आन्तरीक उत्पादन, आय ठप्प भए पश्चातको दिनमा के नै आशा गर्न सकिएला र । बाह्य सहयोग पहिलो त स्वार्थपूण हुने हुँदा नखाए भोकै खाए ठहरै भन्ने उखान चरितार्थ भएकै हो । अब झन् उनीहरु आपैmंको आर्थिक अवस्था कोरोनाको कारणले जर्जर भएको रहदा कतिनै निरन्तरता रहला, सोचनीय विषय हो जस्तो लाग्छ । विश्व मुद्रा कोषले प्रक्षेपण गरी सकेको छ कि विश्वको आर्थिक अवस्था अहिलेको अवस्था आएपुग्न आउदो एक दशक मेहनत गर्नु पर्छ । विश्व भर जनताको क्रय शक्ति अति कमजोर हुनेछ । यसको अर्थ मुद्रा महंगो हुनेछ । आप्mनो मुद्राबाट विश्व बजार मूल्य निर्धारण गराउन सक्ने राष्ट्र बाहेकका मुलुकहरुको मुद्रा अवमुल्यन हुनेछ । यो एक किसिमको चेतावनी र सजकताको लागि आव्हान हो भनेर हामीले बुभ्mन जरुरी छ ।
सरकार देशको अभिभावक हो । सरकारले आप्mना जनताको जनधनलाई कोरोको संक्रमणबाट बचाउन हर प्रयत्न गरीरहेको छ । तीन तिर खुला सीमा रहेको भारतमा काम वा अन्य सिलसिलामा पुगेका लाखौ नेपालीहरु घर फर्कने लस्कर कोहि सीमा काटिसकें भने हजारौं पारिने देशको ढोका खुल्ने आशामा रहेका छन् । भारत लगायत विदेशबाट नेपाल भित्रियका दाजुभाइहरुबाट कोरोना फैलन सक्ने संत्रास जीवित रहरिहेको अवस्थामा छिमेकी भारतमा भने संक्रमित र मृत्यु संख्या थपिदै गएको छ । भारतमा बढिरहेको गति र नेपालमा अप्नाईएको सुरक्षा पद्धतिलाई नियाल्दा संक्रमणलाई रोक्न मात्रै अझैं २, ४ महिना लाग्ने आंकलन गर्न थालिएको छ । अबको २,४ महिना भनेको असार साउन अर्थाथ जुन, जुलाई महिना हुन । अहिले देखि ४ महिनासम्म भनेको हिउँदे बाली थन्क्याउने र बर्षे बाली लगाउने महिना हुन । देश बन्दाबन्दीको कारण एकातिर पाकेको गहुं भित्राउन पाएका छैनन् भने चैते धान रोप्न पाएका छैनन् । बजारमा आलु पठाउन नसकिने हुंदा किसानले आलु झिकेर कमै छर्न पाएका छैनन् । अर्को तिर सञ्चित खाद्यान्नका भकारी, गोदान रित्तिदै छन् ।
पूर्ताल नगर्ने हो भने कुवेरको ढुकुटी त रित्तिन्छ भन्थे बुढापाकाहरु । हिजो बाँझो रहेका जग्गा बाँझै छन् । जेनतेन खेति गरिएका जग्गामा निर्वाहमुखी खेतिपातिको काम पनि यो बन्दाबन्दीमा नभएका चाहि होइन देशको मागमा यस कृयाकलापले सानै भएपनि योगदान पक्का गर्छ । व्यबसायिक कृषि उत्पादनका कार्यहरु हाम्रो मुलुकमा मात्र नभएका हैनन्, विश्व भरिकै अवस्था उस्तै छ । दक्षिण एशियाको खाद्य भइडारको रुपमा चिनिएको भारतमा बन्दाबन्दीको कारण खाद्य सुरक्षामा पर्न सक्ने असरमा चिन्तित देखिन्छ । करोडौं किसान परिवार खेतबारी हेरर घरमा बन्दि छन् ।
नेपालको कुल व्यापारको ८० प्रतिशत भन्दा बढीज्ञ व्यापार भारतसँग हुदै आएको छ । हरियो तरकारी, दाल लगायत सबै जातका खाद्यान्न आयात गर्दै आएका छौं । नेपालको वार्षिक व्यापार घाटा ९ खर्ब ९ अर्ब रहेको छ । भारतसंग मात्रै वार्षिक व्यापार घाटा करिव ६ अर्ब नेपाली रुपैंया रहेको तथ्याङ्कले देखाउछ (अन्नपूर्ण दैनिक, १ भाद्र, २०७४) । कुल व्यापारमा एक खर्बको त हामी खाद्यान्न मात्र आयात गरिरहेका छौं । विगतको चार दशक देखि किन यस्तो दुर्दशा भयो भन्ने बिषय अर्को बहशको बिषय हुन सक्छ अहिलेको मनसाय त्यता पट्टि हैन ।
हामी सजिलै अनुमान गर्न सक्छौ कि आउँदो वर्ष खाद्य सुरक्षाको अबस्था भोकमरीमा परिणत हुनेछ । आफै भोकमरीमा फसेको बेला हामीले कसरी खाद्यान्न आयात गर्न पाउला । हुन त हाम्रो बानी हत्तारमा बिहे गरेर पूmर्सदमा पछुताउने जस्तै छ । आगामी बर्षको खाद्य सुरक्षा रणनीति तथा कार्यक्रम ल्याउन समय घर्कि सक्यो तर अझैं बिति सकेको भने छैन, बिग्रि सकेको छैन । हाम्रा तीनै तहका सरकारहरुले सुविधाभोगी भौतिक विकास निर्माण जस्लाई राज्यले ठूलो आर्थिक भार बहन गर्नु पर्छ योजनालाई दोस्रो प्राथमिकतामा राख्ने राखेर खाद्य सुरक्षाको लागि रकमको जोहो गर्न सक्छ । बिद्यमान कार्यक्रमलाई पुनरावलोन गरेर निर्णय गर्न ढिलो भई सकेको छ ।
गाउँबाट विभिन्न पेशाका कारण शहरमा रहेका लाखौं परिवार बालबालिकाको पढाई सकिएको र कोरानाको महामारीमा बन्दाबन्दीको घोषणाको आतंकले अहिले जन्मभूमि फर्किएका छन् । कोरोनाको संत्रास निमिट्यान्न हुने संकेत निकै पर रहेको विश्व स्वास्थ्य संगठनको अनुमान रहेको छ । यी परिवारलाई जन्मभूमिमा नै सके व्याबसायिक नभए निर्वाहमुखी मात्रै भएपनि कृषिमा संलग्न गराउन सकियो भने पहाडमा खाद्य सुरक्षा हुन्छ भने अर्को तिर शहरको मागमा कमी आउँछ । यसरि नै तराईमा सुरक्षाको मजबुत उपायहरु अपनाएर उव्जनि भित्राउन, लगाउन र बजारसम्म लैजाने प्रबन्ध मिलाउन प्रदेश सरकारको सहजिकरणमा स्थानीय सरकार कृयाशिल हुन जरुरी छ ।
समयमा नै हामीले बन्दाबन्दीमा रहेका मानिसलाई सुरक्षित ढंगबाट परिचालन गराएर खाद्य सुरक्षाको पाटोलाई भरपर्दो बनाउन सकेनौ भने कोरोनाको संक्रमण सकिदा नसकिदै भोकमरीको संक्रमणले राज्य व्यबस्थामा नै प्रभाव नपार्ला भन्न सकिन्न । आजै सचेत बनौं । यसर्थ तीनै तहका सरकारहरु, सामाजिक संघसंस्था, समुदाय आजैबाट कटिबद्ध भएर लागौं देशलाई बारम्बार संक्रमणबाट बचाउन । सावधानी अपनाऔं, सुरक्षित रहौं ।
प्रतिक्रिया दिनुहोस्