२०८१ श्रावण १२
                           

संयमीत हुन प्रहरीको आग्रह

विगत केही दिनदेखि सिन्धुपाल्चोकको खाडीचौर र आसपासका क्षेत्रमा चोरको विगविगी बढ्न थालेपछि थप अप्रिय घटना नहुनको लागि सर्वसाधारणलाई संयमीत हुन प्रहरीले आग्रह गरेको छ ।

गत माघ १७ गते लिसंखुपाखर गाँउपालिका र वडा नं. ६ को कार्यालयमा चोरी भएपछि श्रृङ्खलाबद्ध रुपमा अन्य स्थानमा पनि चोरीको घटना वढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले सुरक्षा सक्रियता समेत बढाउदै सर्वसाधारणलाई संयमीत हुन आग्रह गरेको हो । चोरी आशंकमा गाँउगाँउबाट साँझपख अत्याधिक हल्ला गर्ने क्रमले वास्तविक चोरले भाग्न मौका पाउने र निर्दोष व्यक्ति चोरको आरोपमा पक्राउ पर्नसक्ने संभावना देखिएको छ ।

गाँउमा कुनै नयाँ मान्छे देखिएमा वा चोरको शंका लागेमा सो व्यक्तिलाई कुटपिट गर्ने वा हुलहुज्जत नगरी तुरुन्त प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । ‘हामीले जिल्लाभर व्यापक प्रहरी परिचालन गरेका छौं, ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले भने –‘थप अप्रिय घटना नहोस् भनी हामी चनाखो छौं ।’ जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक रामचन्द्र घिमीरेको नेतृत्वमा खाडीचौर क्षेत्रमा अत्याधिक प्रहरी परिचालन गरिसकेकोले आफ्नो गाँउटोलमा कुनै शंकास्पद व्यक्ति वा घटना देखिएमा प्रहरी हटलाइन १००, प्रनाउ काफ्लेको ९८५१२८४३२१ , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपाने को ९८४१३६५४०० वा प्रनि घिमीरेलाई ९८५५०९०१०२ मा सम्पर्क गर्न प्रहरीले अनुरोघ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्