२०८१ श्रावण १२
                           

रेडक्रस जलविरे उपशाखाको साधारण सभा सम्पन्न

जलविरे/ नेपाल रेडक्रस सोसाईटी जलविरे उपशाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बलेफी गाउँपालिका वडा नं १ जलविरेमा “सेवा नै धर्म हो” भन्ने मुल नाराको साथ जलविरे उपशाखाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा नेपाल रेडक्रस सोसाइटी जलविरे उपशाखाको वर्षभरी सम्पादन भएका वार्षिक कार्यक्रमको समिक्षा गरीएको थियो । जलविरेमा सम्पन्न भएको साधारण सभामा नेपाल रेडक्रस सोसाईटी जलविरे उपशाखाको कोषाध्यक्ष डम्वर थापाले आर्थिक वर्ष २०७५÷०७६ को प्रगति आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रमान लाल्चाभडेलले नेपाल रेडक्रस सोसाईटीले विगतका समयमा जलबिरे क्षेत्रमा भएका विपद्का अबस्थामा प्रतिकार्यका कार्यक्रमहरु संचालन गरेको स्मरणगर्दै आगामिदिनमा समेत प्रतिकार्यका क्रियाकलापलाई अझै व्यवस्थितगर्दै लानु पर्ने वताएका छन् । साथै एक फरक प्रसंगमा बोल्दै रेडक्रसले हाल संचालन गरिरहेको ख बर्गको एम्बुलेन्स सेवालाई व्यवस्थित र दिगोरुपमा सञ्चालनगर्न स्थानियनिकायहरु संग समन्वय गरी अगाडीबढ्ने कुरा वताउदै यस्तो खालको एम्वुलेन्सले स्थानिय जनताहरुलाई सहज भएको कुरा वताएका छन् ।
कार्यक्रमलाई संवोधन गर्ने क्रममा कार्यक्रमका विषेश अतिथि बलेफि गाउँपालिकाको उपप्रमुख कमला कायस्थले रेडक्रसले सञ्चालन गर्ने गतिबिधिहरु स्वागत योग्य रहेको र यस्ले स्थानिय स्तरका जनताहरुलाई प्रत्येक्ष लाभ पुगेकोकुरा व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता खालका क्रियाकलापहरु संचालन गर्न आग्रह गरिन् ।
कार्यक्रममा वोल्दै वलेफी गाउँपालिका वडा नं १ का वडाअध्यक्ष मधु थापाले रेडक्रस उपशाखा संस्थागत र पार्दशी रुपमा अगाडी वढ्नु पर्नेमा जोड दिए । मन्तव्यकै क्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका मन्त्रि कमलचरण कक्षपतीले रेडक्रस प्रचारप्रसारका गतिबिधिलाई समुदाय स्तरसम्म लानुपर्ने र संस्थागत रुपमा अगाडी बढनु पर्नेमा जोड दिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जलविरे उपशाखाका सभापति रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्