२०८१ श्रावण १२
                           

फिस चप्पल

फकिर

-फकिर

बा बेच्थे लोकल ऐंला
आमा बेच्थीन् उनकै मनजस्तो कमलो बजी
र, जम्मा हुन्थ्यो कन्तुरभरि
मन्दिरमा भेटी चडाईन पनि अयोग्य
एक दुईका पूराना नोटहरू

पुरानो ईस्टकोटमा
पुरानो नोटहरू कोचेर हिड्नुहुन्थ्यो बा
बजारको पुरानो बाटो
जसरी आजकाल
उ… माथी आकाशमा ह्वाईजात
देशको भबिष्य कोचेर साउदी वा कतार हिड्छ

थकाई त बा लाई पनि त लाग्दो हो
तर, सन्तानको खुशीका लागी
बा हरूलाई थाक्न निषेध हुँदोरहेछ
र त आँगन काटेर हिडेपछी बा
रोक्कीन्थे एक्कैचोटी नारायणकाजीको कपडा कोठीमा
र निकाल्थे स्टकोटको गोजीबाट
दाईको कमिज र मेरो खुट्टाको नापो
फर्कदा बा को झोलाभित्र हुन्थ्यो
आमाको लागी दमको ओखती
दाईको लागी नाकै परपर् गर्ने नयाँ कपडा
आफ्नो लागी तिन बिस रृण
र मेरो लागी एकजोर फिस चप्पल !

नयाँ चप्पल लगाएर हिड्थेँ म
उहि पुरानो बाटो
जुन बाटो कसैको घरमा पुगेर टुगिंन्थ्यो
कसैको घाटमा पुगेर टुगिंन्थ्यो
अहिले सोच्ने गर्छु
जीवन भनेकै नाथे
घरदेखी घाटसम्मको यात्रा त रहेछ
बा भन्नुहुथ्यो ‘फिस चप्पल लगाएर पानीमा नटेक् मक्कीन्छ’ मैले टेरिन
पिताको अर्ती नटेर्ने पुत्रको भलो नहुँदो रहेछ
लाईक हरिभक्त कटुवाल, पारस शाह, प्रकाश दाहाल
एण्ड मेनी मोर…

साउने खोलाको भलमा टेकेर
बिरौटाको कुलोमा चोबेर
केउरेनीको दोभानमा डुबाएर
फटाए मैले कैंयन जोर बा का अर्तीहरू
बा को कमाईहरू
हिजो देखी अविरल परिरहेछ अधकल्चो माघे झरी
र मलाई डर छ बाहिर निस्कन
किनभने, मैले किनेको छु आफ्नै कमाईले
हिजोभर्खर
एकजोर फिस चप्पल !

प्रतिक्रिया दिनुहोस्