२०८१ श्रावण १२
                           

गाैरी प्रधान:“ एउटा भूँइ मान्छे “

सिन्धुपाल्चोक ,१३माघ

भूँइ उठेर
सगरमाथा बनेको
एउटा देश हो, मेरो नेपाल
तर यहि देशमा
एउटा भूँइ मान्छे
भूँइदेखि उठेर बाँच्न खोज्दा
किन उ क्षण क्षणमा
जल्न पर्छ, ढल्न पर्छ र मर्न पर्छ ?
झुठा आश्वासनका
पुलिन्दा बाँड्नेहरु
सर्व-साधारणलाई झुक्क्याउनेहरु
घात-प्रतिघातका ठेक्का चलाउनेहरु
दिनानुदिन
माथि माथि उक्लिरहे छन्
तर यहि देशमा
श्रम गर्नेहरु, पसिना बगाउनेहरु
अनि इमानमा गुजारा चलाउनेहरु
किन क्षण क्षणमा
रुन पर्छ, झर्न पर्छ र मर्न पर्छ
शिर उठाएर बाँच्ने हक
के उसको पनि छैन र ?
के यो देश उसको पनि हैन र ?

प्रतिक्रिया दिनुहोस्