२०८१ श्रावण १२
                           

प्रदेश स्तरीय जुनियर युवा शिविर आरम्भ

प्रदेश स्तरीय जुनियर युवा शिविर सुभारम्भ

नेपाल रेडक्रस सोसाइटीको ३ नं प्रदेश स्तरीय जुनियर युवा शिविर मंसिर २७ गते देखि तातोपानीमा सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको आतिथ्यता तथा तातोपानी उपशाखाको व्यवस्थापनमा सिन्धुपाल्चोक तातोपानीमा तीन दिने शिविरको सुरु भएको हो । कार्यक्रमको उद्घाटन भोटेकोशि गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले गर्नु भएको हो । प्रदेश स्तरीय जुनियर युवा शिविर सुभारम्भ कार्यक्रमलाई उद्घाटन गर्दै अध्यक्ष पौडेलले रेडक्रस विपद्का समयमा सेवा प्रदान गर्ने संस्था भएको हुँदा यसलाई सदैव क्रियासिल राख्नुपर्नेमा जोड दिंदै गर्दै अध्यक्ष पौडेलले रेडक्रसका गतिविधिहरु संग गाउँपालिका समन्वय गरी अघि बढ्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यबाहक महामन्त्री हरिप्रसाद न्यौपानेले नेपाल रेडक्रस सोसाइटीले विपद्का अति प्रभावित स्थानमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको र भोटेकोशि गाउँपालिका समेत विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गर्ने बताउनु भयो । साथै रेडक्रसको कार्यलाई अझै व्यवस्थित गर्दै लाने र जन स्तरको मागलाई सम्बोधन गर्ने बताउएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ३ नं प्रदेश समितिका अध्यक्ष भोला रुपाखेति, भोटेकोशि गाउँपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभडेल, रेडक्रस ३ नं प्रदेश समिति का महासचिव रामजि पौडेल,नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, सिन्धुपाल्चोक जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु र प्रदेश नं ३ का १३ वटा जिल्लाका शिक्षक नायक तथा जुनियर युवा सर्कलका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम २९ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रमको अबसर पारी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, तातोपानी उपशाखाका सभापती बिष्णु बहादुर श्रेष्ठ, देवि बहादुर बुढाथोकि र भोटेकोशि गाउँपालिकाका वडा नं ४ का वडा अध्यक्ष साङदोर्जे र्शेपा नेपाल रेडक्रस सोसाइटीको यशष्कर सदस्य बन्नुभएको हो भने कुमार श्रेष्ठ, पदम बहादुर मगर र तारा देबि श्रेष्ठ शेर्पाले बिसिष्ट सदस्य लिनुभएको छ । कार्यक्रम ३ नं प्रदेश समितिका कोषाध्यक्ष भरत कुमार बस्नेतले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्