जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले शुक्रबार खोजी कार्यलाई तीव्र बनाएको छ ।
टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो।
प्रतिक्रिया दिनुहोस्