२०८१ श्रावण १२
                           

हाँस्य ब्यङग्य देउसी भैलो सार्बजनिक

चौतारा- हाँस्यब्यग्ङ्य कलाकार धिताल चिरिच्याँट्टले सिस्नुपानी लगाउने देउसी भैली २०७६ हाँस्य ब्यङ्ग्य देउसी भैलो सार्वजनिक गरेका छन् ।
वर्षभरि देशमा भएका प्रमुख घटनालाई जोडेर देउसी मार्फत धितालले चिरफार गर्ने प्रयत्न गरेका छन् । एनसेलले सरकारलाई कर नतिरेकोदेखि कृष्णबहादुर महरा प्रकरण, रबि लामिछाने प्रकरण नेकपा भित्रको गुटगत राजनीति लगायत देशमा भाषण बढी र काम न्युन भएकोप्रति तिखो ब्यङ्ग्य गरेका छन् ।

शैलुङ्ग रोधी घर र चिरिच्याँट्ट ईण्टरटेण्मेन्ट नेपालको संयुक्त प्रस्तुतीमा सार्बजनिक गरिएको देउसी भैलोमा काठ क्षेत्रका चर्चित लोक तथा दोहरी गायक गायिकाहरुलाई भिडियोमा देख्न सकिन्छ । हरेक बर्ष यस्तै प्रकारको देउसी उनले बजारमा ल्याउने गरेका छन् । मरुभुमि नारायणको छायाङ्न रहेको देउसीमा गायिका स्मृती गौतम, गायक किरण गौतम, अमृत भारती, मनोज लामिछाने, सुकमाया घर्ति मगर, साबित्री नेपाली लगायत कलाकारहरुको सहभागिता रहेको छ । देउसीको संयोजक धिताल स्वयम्ले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्