श्री महाकाली बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौताराले २४ अौ बार्षिक साधारणसभा चौतारामा सम्पन्न गरेको छ । चौतारा नगरपालिकाकाे पुरानो सहकारीको रुपमा रहेको सहकारीले शनिबार एक कार्यक्रम गरी साधारणसभा सम्पन्न गरेको हो । १५५८ जना सदस्य रहेको उक्त सहकारीले यस २०७५/०७६ मा १४८६१८३५८ बराबरको अाय ब्यय प्रस्तुत गरेको हो । उक्त कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिं तामाङले सहकारि थोपा थोपा जोगाएर समुन्द्र बनाउने ठाउँ रहेको हुदा सहकारिको सहि प्रयोग गर्न सबैमा अाग्रह गर्नुभयो । नगर भित्र रहेका ५० हाराहारिका सहकारि रहेको र एकै व्यक्ति को धेरै सहकारिमा खाता संचालन रहेको हुदा प्रभावकारिता कम भएको भन्दै अब सहकारिको मर्जको अबधारणा ल्याउनुपर्ने समेत उहाले स्पस्ट पार्नुभयो । सहकारिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव हरि गोपाल तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुशील प्रसाद कक्षपतिले २०७५/०७६ को अायब्यय र २०७६/०७७ को अनुमानित बजेट समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्