२०८१ श्रावण १२
                           

जनताको सुरक्षाका लागि कुनै कसर बाँकी राखिने छैन :प्रहरी उपरीक्षक खड्का

सिन्धुपाल्चोक,११ फागुन- चौतारा सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा घटित कुनै पनि घटनाहरुको सूचना तत्काल सञ्चारकर्मीलाई उपलव्ध गराइने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।राष्ट्रको चौथौं अंगको रुपमा रहेको सञ्चारजगतको शसक्ततालाई आफूले सम्मानका साथ हेर्ने गरेको बताउँदै एसपी खड्काले जिल्लाको शान्ति सुरक्षा, अमनचयन स्थापना र अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरुको भूमिका पनि उल्लेखनीय रहने गरेको भन्दै सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यत गर्नुभएको हो ।

विशेष ब्यूरो राजनीतिक अन्वेषण शाखा नक्साल, काठमाण्डौंबाट सरुवा भई सिन्धुपाल्चोक आउनु भएका एसपी खड्का र सञ्चारकर्मीहरुको परिचयात्मक भेटघाटको कार्यक्रममा उहाँले जनतालाई सुरक्षाको अनुभूति गराउनु नै आफ्नो परमकर्तव्य भएको बताउनुभयो । जनताको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने समेत बताउँनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, सचिव विदुर आचार्य,ध्रुव दंगाल, विदुर गिरी, विजय नेपाल, निर्मल बस्नेत, कमला पाख्रिन, सम्झना कार्की लगायतका सञ्चारकर्मीहरुले जिल्लाको वस्तुस्थिति, शान्ति सुरक्षा, अपराध नियन्त्रण र सञ्चारकर्मीहरुसँगको सहकार्यका विषयमा आआफ्ना भनाईसँगै सुझाव ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्