सिन्धुपाल्चोक ,४ वैशाख
सिन्धुपाल्चोकको रेडियो मिसनका अध्यक्ष निराजन चौलागाईले पदबाट राजिनामा दिनुभएको छ । मिसन नेपाल सिन्धुपाल्चोक द्वारा सञ्चालित रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्जमा आफ्नो ब्यक्तिगत तथा व्यावसायिक व्यस्थताका कारण समय दिन नसक्ने उल्लेख गदै चौलागाईले पदबाट राजिनामा पेश गर्नुभएको हो ।
चौलागाईँले अध्यक्ष सहित रेडियोको कुनै पनि पदमा नरहने गरि राजिनामा दिनुभएको हो । उहाँको राजिनामा बारे रेडियोको कार्यसमिति बैठक बसेर निर्णय गरिने मिसन नेपालका अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । साथै आगामि १५ दिनको लागी सुचना निकालेर नयाँ अध्यक्ष चयन गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्