२०८२ कार्तिक ३

हेलम्बुको चुरेटारमा श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

सिन्धुपाल्चोक ,१४ फागुन

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आईतबारबाट २१ गतेसम्म श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ हुने छ । सप्ताह ज्ञान महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र पण्डित नेत्र भट्टराई कथा वाचन गर्नुहुनेछ । सप्ताहको आईतबार कलश यात्रागर्दै शुभारम्भ गरिएको छ । कलशयात्रा पछिको शभारम्भ कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पण्डित दिनबन्दुले हेलम्बुमा आएर भागवत कथा वाचन गर्दा बिस्वलाइ नै राम्रो सन्देश जाने विश्वास ब्यक्त गर्नुभयो ।उहाँले अबको ७ दिन भागवत सुन्दा एक चित्त एक मनले ध्यान दिएर सुन्न आग्रह गर्नुभयो ।

चुरेटारमा हुन गइरहेको यो श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा अनिवार्य सहभागि भै भरपुर मनोरन्जन र धार्मिक ज्ञान लिन सबैमा अनुरोध  गरिएको छ।हेलम्बु ग्रेट ट्रेल,पाल्चोक जयबागेश्वरी,आमायाङ्ग्री,ईच्छेश्वर महादेव लगायत धार्मिक र पर्यटकीय स्थल समेतको भ्रमण गर्न सकिने छ। सप्ताहले हेलम्बुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले सहभागी हुन आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्