असोज १, वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले इन्द्रावती गाउँपालिका (१० मा निर्माण भएको स्वास्थ्यचौकी को उद्घाटन गर्नुभएको थियो ।आज भोटसिपा पटीगाउमा निर्माण भएको स्वास्थ्यचौकी उद्घाटन गर्दै मन्त्री लामाले पोटएबल भिडियो एक्सरे स्वास्थ्यचौकी लाई हस्तान्तरण गर्नुभएको थियो ।
लामाले भिडियो एक्सरे हस्तान्तरण गर्दै मन्त्री लामाले स्वास्थ्यचौकी लाई आवश्यक पर्ने स्वास्थ्य समाग्री को लागि पनि पहल गर्नुका साथै स्वाथ्यचौकी लाई आवश्यक पर्ने स्वास्थ्यकर्मी को व्यवस्थापन गर्ने पनि बताउनुभयो। लामाले आफ्नो कार्यकालमा बागमती का सबै जनताले कोभिड विरुद्ध को खोप पाएको बताउनुभयो। कोरोना ,कोलेरा,डाइरिया ,डेङ्गु रोग निर्मुल पार्न खटिएका स्वास्थ्यकर्मी प्रती पनि लामाले आभार प्रकट गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्