२०८२ असार ३
                           

गाउँमै प्रसुती सेवा पाएपछि सिन्धुपाल्चोकका गर्भवति महिलाहरू खुसी

असार २७ —असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसुतिका लागि धुलिखेल, काठमाडौंसम्म जानुपर्ने बाध्यता हटेपछि सिन्धुपाल्चोकका गर्भवति महिलाहरू खुशी भएका छन् । सिन्धुपाल्चोकका गर्भवति महिलाहरूले अबदेखि गाउँमै प्रसुति सेवा पाउन थालेका छन् । अब लामो दुरीको यात्रा गरेर आमा र शिशुको ज्यान जोखिममा पार्दै प्रसुति सेवाकै लागि लाखौं खर्चिनुपर्ने बाध्यता हटेको छ ।
इन्द्रावती गाउँपालिकाका देव मगर, श्रीमतीले विशेषज्ञसहितको प्रसुति सेवा मेलम्चीमै पाएको देखेर खुशी हुनुहुन्छ । उहाँ मात्रै होइन, आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकको नेतृत्त्वमा शल्यक्रियासहितको प्रसुति सेवा पाउन थालेकोमा गर्भवति महिलाहरूलाई राहत भएको छ । यसअघि सुत्केरी गराउन धुलिखेल वा काठमाडौैंसम्म पुुग्नुपर्ने बाध्यता रहेको थियो । सामान्य स्वास्थ्य उपचार सेवा दिदैँ आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेको छ ।
जहाँबाट शल्यक्रियासहितको निःशुल्क प्रसुती सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार, अक्सिजन उत्पादन प्लान्ट तथा अन्य सेवा प्रवाह हुन थालेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले बताउनुभयो।अस्पतालमा हाल २८ जनाको दरबन्दी छ । जसमा विशेषज्ञ चिकित्सक १ जना छन् । अनि प्रजनन तथा स्त्री रोग विशेषज्ञ ३ जना रहेका छन् ।
गुणस्तरीय सेवाका लागि अस्पतालमा आवश्यक जनशक्तिको पनि व्यवस्थापन भएको हुँदा सेवा प्रवाहमा समस्या नहुने अस्पतालका प्रमुख डा.दामोदर पौडेलको भनाइ छ । अस्पतालमा विशेषज्ञसहितको सेवा सुरु भएपछि सेवाग्राहीको समय र पैसा दुुबैको बचत हुने भएको छ । अर्को तर्फ बिरामीकोउपचार पनि समयमै हुने भएपछि त्यसले मृत्युु हुने दरलाई पनि कम गराउने विश्वास गरिएको छ । २ लाख ६६ हजार जनसङ्ख्या रहेको सिन्धुपाल्चोकमा मेलम्ची अस्पतालबाट पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाका झन्डै ९० हजार नागरिक लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्