२०८२ कार्तिक ३

राप्रपा महिला संघ​को बैठकमा भयो कुटाकुट

असार २७,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महिला सदस्य कुटाकुट गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठक चलिरहेका बेला एक्कासी दुई समुहबीच कुटाकुट भएको हो । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै नियुक्त गरेका थिए ।

शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हाे । बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ ।  पछिल्लो समय राप्रपामा विवाद देखिँदै गएको छ ।

​तामाङ राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रीय अध्यक्ष हुन् । बैठकमा असार ३१ गते गृह मन्त्रालयमा बुझाउन ज्ञापनपत्र र त्यसको नाराको विषयमा छलफल गर्नका लागि बैठक बोलाएकी छन् । तामाङले पार्टीको नेतृ रविना शाहीमाथि हातपात गरेपछि केही समयमा परिस्थिति तनावग्रस्त भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्