२०८२ भाद्र १२

जुगल मा.वि परिवारले गर्याे जुगल ६ का जनप्रतिनिधिलाई सम्मान

असार ७, जुगल माध्यमिक विद्यालयमा जुगल ६ का निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना यवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जुगल माध्यमिक विद्यालयले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना यवम पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको हो । व्यवस्थापन समितिका सदस्य प्रदिप श्रेष्ठको अध्यक्षतामा वडा अध्यक्ष टंक तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै माओबादी केन्द्रका जुगल गाउँपालिका उपाध्यक्ष चिन लाल श्रेष्ठले जुगल माध्यमिक विद्यालयलाई धूलो रहित ग्राउण्ड बनाऊन आफुले सक्ने २ हजार फुट ढुङ्गा बिछ्याउन सहयोग गर्ने बताउनुभयो ।

श्रेष्ठले विद्यालयको लागि आफ्नो स्व बुबा बज्र बहादुर श्रेष्ठको नाममा अक्षयकोष २५ हजार सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गर्नुभयो । वडा अध्यक्ष टंक तामाङले वडा भरिका शिक्षामा कुनै कन्जुस्याइँ नगरी शिक्षामा आवश्यक पर्ने जनशक्ति सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

वडा अध्यक्ष तामाङलेले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो । कार्यक्रममा २०७८ सालको बार्षिक परीक्षामा प्रथम, दितिय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो ।

उक्त कार्यक्रममा माओबादी केन्द्रका जुगल गाउँपालिका उपाध्यक्ष चिन लाल श्रेष्ठ, वडा सदस्य लुक बहादुर तामाङ , काली देवी आधारभूत विद्यालयको प्रधानाध्यापक यम बहादुर श्रेष्ठ, यसै विद्यालयको लागि प्रधानाध्यापक गंगा थापा,अभिभावक शिक्षक विधार्थी लगायतको सहभागिता सम्पन्न भएको हो। बिद्यार्थीहरुले सस्कृती कार्यक्रम पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्