२०८२ बैशाख १९
                           

पाँचपोखरी थाङपालका गाउँपालिकाको महत्वपुर्ण निर्णय— प्राविधिक छात्रवृद्धिका लागि अध्यक्ष अविभावक कार्यक्रम देखि नाङ्गो तार विस्थापन

दिपक खत्री, जेठ ९ — पदभार ग्रहण गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले महत्वपुर्ण ५ कार्यको घोषण गरेका छन् । जेहेन्दार विद्यार्थीहरुलाई एम.वि.वि.एस , पाइलट जस्ता प्राविधिक छात्रवृद्धिका लागि अध्यक्ष अविभावक कार्यक्रम सन्चालनका साथै टुहुरा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम गर्ने घोषण गरेका हुन् । यस्तै ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , अपाङ्ग , एकल महिला ,सुत्केरी महिला र अति विपन्न नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा तथा पाँचपोखरी प्राथामिक अस्पतालमा निशुल्क उपचारको ब्यवस्था मिलाउने प्रतिबद्धतामा समेत निर्वाचित अध्यक्ष लामाले गरेका छन् । गाउँपालिका स्तरमा वैज्ञानिक भू सेवा सन्चालन गरी मालपोतको रुपमा विस्तार गर्ने , पशु तथा कृषि विमा कार्यक्रम सन्चालन गर्ने जस्ता कामहरुलाई प्राथमिकतामा राखेर काम गर्न अध्यक्ष टासी लामाले प्रतिवद्धता गरेका छन् । यस्तै गाउँपालिका स्तरमा रहेका मुख्य विद्युतिय लाईनहरुमा रहेको नाङ्गो तारलाई विस्थापन गरी केबुलतार विस्तार गर्ने समेत अध्यक्ष लामाले उद्घोष गरेका छन् ।
यस्तै निर्वाचित उपाध्यक्ष सुनिता अधिकारीले पनि पदभार ग्रहण गर्दै महत्वपुर्ण ३ कार्यको घोषण गरेकी छिन् । घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरी शुन्य होम डेलिभरी गाउँपालिकासँग बनाउने, एक घर एक धारा निमार्ण गर्ने र एक घर एक महिला उद्यमी कार्यक्रम संचालन गर्ने उपाध्यक्ष अधिकारीले उद्घोष गरेकी छन् ।
आजै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष टासी लामाले सपथ गराएका हुन् । बिहान चौतारामा मुख्य निर्वाचित अधिकृत चन्द्र प्रकास तिवारी समक्ष सपथ लिएपछि अध्यक्ष लामाले अपराह्न गाउँपालिकामा उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई सपथ गराएका हुन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा दोस्रो कार्यकालमा क्रमश ः टासी लामा र सुनिता अधिकारी नेकपा एमालेको तर्फबाट विजयी भएका हुन् । निर्वाचनमा ६ वटा वडामा एमाले, एक वडामा राप्रपा र एकमा काँग्रेसले जितेको थियो । पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन हुदा पनि भारी मतान्तरले लामा फेरी निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्