२०८२ कार्तिक २

नेपाल रेडक्रस सोसाइटीले कोरोना सम्बन्धि विभिन्न गतिबिधि सञ्चालन

नेपाल रेडक्रस सोसाइटीले कोरोना सम्बन्धि विभिन्न गतिबिधि सञ्चालन

२०१९ को डिसेम्बर ३१ बाट चिनको हुहाँङ प्रान्त बाट सुरुभएको कोरोना भाइरसका कारण अहिले विश्व आक्रान्त भएको छ । त्यसको प्रभाब नेपालमा समेत परीरहेको छ नेपालमा परेको प्रभाव र त्यसको नकरात्मक प्रचारलाई चिर्ने उदेश्यले नेपाल रेडक्रस सोसाइटीले कोरोनाको प्रतिकार्यका लागी पुर्वतयारीका गतिबिधिहरु सञ्चालन गर्दै आएको हो ।
कोरोनाको प्रभावलाई कमगर्ने उदेश्यले नेपाल रेडक्रस सोसाइटीले जानकारी मुलक फ्ल्कस र लिफलेटहरु वितरण र जनसमुदयलाई चेतना वृद्धिका गतिबिधि सञ्चालन गरेको छ । साथै कोरोना को प्रतिकार्यका लागी तयारी गर्ने उदेश्यले कोरोना सम्बन्धि २४ जना प्रशिक्षक तयार गरी समुदय स्तर र जिल्ला शाखा र उपशाखामा स्वयमसेवक तयारी गरीएको छ । साथै नेपाल रेडक्रस सोसाइटीले विभिन्न स्थानमा सायता कक्ष राखेर सहयोग गर्दै आएको छ । त्यसै गरी नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सिन्धुपाल्चोक जिल्लामा समेत जानकारी मुलक फ्ल्यक्स जिल्लाको विभिन्न स्थानमा राखेको थियो । भने जिल्लामा महिला स्वास्थ्य स्वयमसेवक तथा स्थानिय बासिन्दामा अभिमुखिकरण सञ्चालन गरीएको छ । भने साथै जिललामा एकान्त बास र छुटाएर उपचार गर्ने कक्ष स्थापनाका लागी सामाग्री सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले यस विपद्को अवस्थामा नेपालमा अहिले संक्रमण नफैलियको भएता पनी यसले जुनसुकै समयमा प्रभावित पार्न सक्ने कुरालाई ध्यानमा राख्दै पुर्वतयारीका गतिबिधिहरु सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले जनतामा फैलीएको रुमर लाई चिर्नका लागी आफ्नो टोल फ्रि नम्बर ११३० बाट प्राप्त टेलीफोन बाट कोरोसम्बन्धि आधिकारीक जानकारी प्रदान गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले कोरोना सम्बन्धि विभिन्न गतिबिधि सञ्चालन
अहिले विश्व व्यापिरुपमा फैलियको कोरोना भाइरसको जोखिम लाई कमगर्न हामिले आफ्नो बानिलाई बदल्न आवश्यक छ । नेपाल रेडक्रस सोसाइटीले समुदायको बानि परीबर्तन गराउन आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्