२०८१ बैशाख १४

१५८ औं विश्व रेडक्रस दिवस सम्पन्न

१५८ औं विश्व रेडक्रस दिवस सम्पन्न

चौतारा/ अन्तर्राष्ट्रिय रेडक्रस अभियानका संस्थापक जाँ हेनरी ड्युनाको जन्म दिनको अवसरमा विभिन्न कार्यक्रम सहित चौतारामा विश्व रेडक्रस दिवस मनाएको छ ।
मानवीय विपत्ती र संकटको अवस्थामा मानव रक्षाका लागि अग्रसर स्वास्थ्य तथा रेडक्रसकर्मीहरुको हौसला र सम्मानका लागि यस वर्ष #KeepingClaping नाराका साथ विश्व रेडक्रस दिवस मनाएको छ ।
चौतारा उपशाखाद्धारा ५६ जना रक्तदाता सहभागि रहेका रक्तदान कार्यक्रम सञ्चालन गरी शुरुवात भएको रेडक्रस दिवस ८ मे, का दिन विश्वभर फैलिएको कोभिड १९ को महामारी न्युनिकरणका लागि अग्रपंतिमा लागि पर्ने स्वास्थ्य तथा रेडक्रस स्वयमसेवकहरुको जिल्ला सामुदायिक आँखा केन्द्र चौतारामा आँखा परीक्षण गरी औपचारिक कार्यक्रम सहित सम्पन्न भएको थियो ।
मानवीय कानून र विश्वव्यापी मानवीय सिद्धान्तको प्रवद्र्धन र सुदृढिकरण गरेर पीडा कमगर्न प्रयत्नशील रेडक्रस सोसाइटी कुनै व्यक्ति विशेषको परिकल्पनामा संस्था स्थापना नभइ युद्धको अवस्थामा आवश्यकताको आधारमा स्थापना भएको जिल्ला शाखा तथा दिवस समारोह सभापति राजेन्द्रमान ताल्चाभडेलले बताए ।
इटली, फ्रान्स र अष्ट्रिया वीच सल्फेरिनोमा भएको युद्धको अवस्थामा घाइतेलाई तत्कालै सहयोग पुर्याई शुरुमा घाइतेको सहयोगको निम्ती अन्तर्राष्ट्रिय समिति स्थापना भई हाल विश्वव्यापी रुप लिई रेडक्रस सोसाइटीको नाममा यसले मानवीय सेवा गर्दै आएको सभापति ताल्चाभडेलले बताए ।
दिवस समारोहमा विपत्ती र संकटको अवस्थामा मानवीय सेवाका लागि अग्रसर स्वास्थ्य तथा रेडक्रसकर्मीहरुका लागि एक मिनेट ताली बजाएर हौसला र सम्मान व्यक्त गरेका थिए । जिल्ला स्वास्थ्य प्रमुख, रेडक्रस स्वयमसेवी लगायतको उपस्थितिमा सम्पन्न भएको विश्व रेडक्रस दिवस कार्यक्रम जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले कोभिड १९ को विषम परिस्थितिमा रेडक्रसको भूमिका र गतिविधिको जानकारी सहित कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्