२०८३ आश्विन १३

विश्व कराते च्याम्पियनसिपमा सिन्धुपाल्चोकका दुई खेलाडी

चौतारा । आठौँ विश्व कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीमा सिन्धुपाल्चोकका दुई खेलाडी छानिएका छन् । नेपाली कराते टोलीमा प्रेवल गुरुङ र सन्ध्या श्रेष्ठले स्थान बनाएका हुन् । गुरुङ ४३ केजीभन्दा माथिको तौल समूहमा र स्टेगा ४७ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोलीका प्रशिक्षकका रूपमा निराजन थापा मगर खटिने भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने खेलाडी र प्रशिक्षकलाई चौतारा साँगाचोकगढी नगरपालिकाले विदाइ गर्दै शुभकामना दिएको छ । नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतमलगायतको उपस्थिति थियो । नगर प्रमुख सापकोटासहित उपस्थित जनप्रतिनिधिहरूले खेलाडी र प्रशिक्षकलाई सफलताको शुभकामना दिँदै उत्कृष्ट प्रदर्शन गर्न हौसला दिए। स्थानीय तहको प्रोत्साहन र सहयोगले खेलकुद क्षेत्रको विकासमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।
सिन्धुपाल्चोकका दुई खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु जिल्लाको खेलकुद क्षेत्रका लागि सकारात्मक सन्देश मानिएको छ । खेलाडीहरूले आफ्नो मेहनत, अनुशासन र सीपको प्रदर्शन गर्दै देश तथा जिल्लाको नाम उच्च पार्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्