२०८३ भाद्र १६

रसुवा बाढीपीडित ७४ परिवारलाई भोटेकोशी गाउँपालिकाको राहत, प्रतिपरिवार जनही दुई लाख

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा बाढीपीडित ७४ परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ बेपत्ता परिवार र एक मृतक परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

गाउँपालिकाले भदौ १५ गते बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइने गाउँपालिकागाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए ।

बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ लाई पहिलो संशोधन गरी २०८३ मा लागू गर्ने निर्णयसमेत गरेको छ।
गाउँपालिकाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता तथा प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्