२०८३ असार १२

सन्देश श्रेष्ठको अध्यक्षतामा सिन्धुपाल्चोकमा युवा गैरसरकारी संस्था महासंघको जिल्ला शाखा गठन

सिन्धुपाल्चोक — युवा गैरसरकारी संस्था महासंघ नेपालको सिन्धुपाल्चोक जिल्ला शाखा गठन गरिएको छ । शुक्रबार चौतारास्थित न्यु अर्निको रिसोर्ट प्रालिमा सम्पन्न भेलाले सन्देश श्रेष्ठको अध्यक्षतामा जिल्ला शाखाको कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अनुपमा डोटेल, सचिवमा दीपक खत्री र सहसचिवमा सरोज भुजेल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा ललिता कुमाल र सविन श्रेष्ठ रहेका छन् । कार्यसमितिमा कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ ।

bf7376df-1c1a-4992-a73d-c66be06331f21782466306.jpg

भेलाले युवा गैरसरकारी संस्था महासंघ नेपाल, सिन्धुपाल्चोक जिल्ला शाखाको सल्लाहकार समितिमा नरमान श्रेष्ठ, राकेश राना तथा रविन गौतमलाई चयन गरेको छ । नवगठित शाखाले जिल्लामा क्रियाशील युवा तथा गैरसरकारी संस्थाबीच समन्वय, सहकार्य र संस्थागत क्षमता अभिवृद्धिका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

भेलामा जिल्लाका विभिन्न युवा तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्