चौतारा/ प्रतिनिधि सभा निर्वाचन–२०८२ मा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित युवराज दुलालले निर्वाचन आयोगको नियमानुसार चुनावी अभियानका क्रममा गरिएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नुभएको छ।
निर्वाचन ऐन अनुसार आयोगमा बुझाइएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च उल्लेख गरिएको छ। विवरणअनुसार उम्मेदवारी दर्ता शुल्क, सवारीसाधन भाडा, मतदाता अभिमुखीकरण, प्रचार–प्रसार सामग्री, विभिन्न माध्यमबाट प्रचार, निर्वाचन कार्यालय सञ्चालन तथा वडा तहका प्रतिनिधि परिचालन लगायतका शीर्षकमा खर्च गरिएको देखाइएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कुल २९ लाख ३४ हजार ०४४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरण सार्वजनिक गर्दै दुलालले पारदर्शिता र सुशासनलाई व्यवहारमै लागू गर्नु आफ्नो राजनीतिक प्रतिबद्धता रहेको बताउनुभएको छ। उहाँले जनमतको कदर गर्दै कानुनी मर्यादा र नैतिकताको पालना गर्नु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
साथै उहाँले निर्वाचनमा दिएको अटुट विश्वास र सद्भावका लागि सम्पूर्ण मतदाता तथा समर्थकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्