सिन्धुपाल्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बेलुका ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ।
जिल्लामा हालसम्म १ लाख २४ हजार ९ सय७४ मत खसेको छ।
जसमध्ये पुरुष मतदाता ६८ हजार ५सय२० र महिला मतदाता ५६ हजार ४ सय ५४ रहेको निर्वाचन सम्बन्धी स्रोतले जनाएको छ।
जिल्लाभरका मतदान केन्द्रहरूमा स्थिति सामान्य रहेको छ भने मतदान सकिन अब एक घण्टाभन्दा कम समय मात्रै बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस्