सिन्धुपाल्चोक, — प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकमा मतदान जारी रहँदा दिउँसो २ बजेसम्म ३४ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको ९४ हजार ३०० मतदातामा ५३ हजार ३३६ पुरुष र ४० हजार ९६४ महिला मतदाता रहेका छन् ।
जिल्लाभरका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन कार्यालयले जनाएको छ।
सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने बाँकी समय थप मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्