२०८२ माघ २१

युवराज दुलालको प्रतिवद्धता : नीतिमा जनताको भाव–मेट्नेछु सिन्धुको अभाव

सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दिएका युवराज दुलाल विभिन्न चुनवी नारासहित घरदैलोमा व्यस्त छन् । उम्मेदवारी दर्तापछि परिचयात्मक कार्यक्रम, भेटघाटमा व्यस्त रहेका दुलाल अहिले घरदैलो अभियानमा केन्द्रीत हुँदै विभिन्न प्रतिबद्धताहरु जनाइरहेका छन् ।
विशेषगरि न्यू मिडियामार्फत चुनावी चर्चा गरिरहेका उनले विभिन्न स्लोगनसहित फोटो तथा भिडियोहरु आफ्नो सामाजिक सञ्जालमार्फत मतदातासामू पुर्याएका हुन् । नीतिमार्फत विकासलाई जोड्ने बताउँदै उम्मेदवार दुलालले नीतिमा जनताको भाव, मेट्नेछु सिन्धुको अभाव नारा लिएर पछिल्लो समय मतदातासामू पुगेका छन् । आफू काम गर्ने नेपालको छोरो भएको दावी गर्दै संघर्ष आफ्नो पहिलो पाठशाला र चुनौति आफ्नो शक्ति भएको बताएका हुन् ।
समस्या आफूले किताबमा नभई जिन्दगीमै पढेको दाबी गर्दै उनले आफू जिल्लाको माटोमै हुर्केको र जिल्लावासीका लागि सक्दो विकास गर्ने जनाएका छन् । जनताको भरोसालाई नै शक्ति मान्दै दुलालले आफू विकासप्रेमी भएको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका हुन् । सकारात्मक सोचका साथ सिन्धुको मुहार फेर्ने प्रतिबद्धता जनाएका नेकपाका उम्मेदवार युवराजले भाषणले नभई कामले जनाको भाग्य कोर्नैसमेत बताए ।
आफ्नो प्रतिबद्धता शब्दमा होइन काममा देखिन्छ, उनले भनेका छन्, विश्वासको भारीलाई जिम्मेवारीले सजाउँछु । कुरा मात्रै नभई काम गरेर देखाउने र सिन्धुपाल्चोकको भविष्यलाई उज्यालो बनाउने उनको प्रतिबद्धता छ ।

 

फरक पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्