२०८२ माघ ९

सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार

चौतारा । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ ।

आयोगका अनुसार सिन्धुपाल्चोकबाट २२ दलका ४० उम्मेदवार समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् । आयोगको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो । दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका थिए ।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्