२०८२ फाल्गुन २०

वक्तृत्वकला प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमीकी अवीश्री खड्का प्रथम

निर्मल बस्नेत
१७ पौष, चौतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा गाउँपालिकाकाइष्टप्वाईन्ट एकेडेमीका अवीश्री खड्का प्रथम भएकी छिन् ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सामेल रहेका थिए । विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम भएकी हुन् ।
थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडिर्ङ माध्यमिक विद्यालय मेलम्चीका युनिका थापा तृतीय र सेतीदेबी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिकाकी रेनुका तामाङ चतुर्थ साथै जालपादेबी माविकी विनु तिमल्सीनाले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चतुर्थ र सान्त्वना हुनले क्रमश १५ हजार, १० हजार, पाँच हजार र २ हजार प्राप्त गरेका छन् ।
उनिहरुलाई जिल्ला समन्वय समिति प्रमुख वालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका ईकाई प्रमुख बैकुण्ठ प्रसाद सुबेदीले खादा अविर र प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगिताको निर्णय चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञ दंगाल, नमुना ज्ञानमन्दिर माविका शिक्षक सुदर्शन न्यौपाने र सेतीदेवी पञ्चकन्या माविका शिक्षक कृष्णप्रसाद पौडेलले गरेका थिए । आयोजकले निर्धारण गरेको ५ मिनेटको प्रस्तुतीलाई आधार मानेर उनिहरुले मुल्याङ्कन गरेका हुन् ।
जिल्ला समन्वय अधिकारी राजेन्द्र बबहादुर अर्यालले बिद्यार्थीहरु भनेको समाजको ऐना भएको उहाहरण दिर्दै विद्यार्थीहरुबाट अन्धविस्वास र कुरिती अन्त्य गर्न भुमिका खेल्न सक्ने भएकोले उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।
जिल्ला समन्वय समितिको सभाहल चौतारामा सम्पन्न कार्यक्रममा प्रतियोगिहरु संगै जिल्ला समन्वय समितिका सदस्यहरु, सहभागि विद्यालयका शिक्षक शिक्षिका, समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिाता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्