२०८२ पुष ७

उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा श्रेष्ठको उम्मेद्धारी घोषणा

निर्मल बस्नेत | युवा व्यवसायी बेदबहादुर श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको आगामी माघमा हुने अबिधेसनको लागि अध्यक्ष पदको उम्मेद्धारी घोषणा गरेका छन् । उलने पौष ६ गते बाह्रविसेमा सम्पन्न सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ३० औँ साधारण सभामा बोल्दै उक्त घोषणा गरेका हुन् ।
लामो समय सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारीमा रहदै झण्डै ४ वर्ष अध्यक्ष भएर कुशल नेतेत्व गरेका श्रेष्ठ सवैका प्रीय पात्र हुन् । उनले वागमती प्रदेशका अधिकांश जिल्लाका संघका जिम्मेवार व्यक्तिहरुलाई साँक्षी राखेर महासंघको नेतृत्व समक्ष अध्यक्ष पदको घोषणा गरेका हुन् ।
सिन्धुपाल्चोककको लाइफलाईन छिमेकी राष्ट्र चीनसंगको व्यापारिक नाका तातोपानी र हिमाली जिल्ला भएको नाताले उनको उम्मेदद्धारी घोषणालाई विशेष महत्व राख्दछ ।  साधारण सभामा विभिन्न जिल्लाबाट शुभकामना दिने क्रममा समेत उनको उम्मेद्धारीको समर्थन जनाएका थिए । उक्त बखत हलमा गडगडावट तालीको गुञ्जयमान छाएको थिायो ।
उनलाई २०८१ चैत्र २८ र २९ गते सम्पन्न नेपाल उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभा तथा अबिधेसनको लागि जिल्ला /नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको लागि सिन्धुपाल्चोकले एकमात्र उम्मेद्बारी बनाउने सर्बसहमतिले निर्णय गरेको थियो ।


तत्कालिन संघको अध्यक्ष श्री होम बहादुर बस्नेत नेतृत्वमा रहेका थिए । कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा उक्त बखतका निबर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ केन्द्रीय सदस्य उम्मेदवारको लागि छनोट भई उनले प्रतिस्पर्धामा उत्रिएर विजेता हासिल गरेका थिए ।
श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष रहँदा थुप्रै प्राकृतिक बिपद्को सामना गर्नु परेको थियो । बिपद्हरुमा उनले सरकारी निकायलाई निजी क्षेत्रको तर्फबाट उल्लेख्य सहयोग गरेका थिए । संघको नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका उनि सबैको प्रिय बनेर छाएका थिए । उनि सदैव निर्णयात्मक र समन्वयात्मक भूमिकामा अब्बल रहदै आएका छन् । उनी सिन्धुपाल्चोकको जिम्मेवारीमा रहँदा बाह्रबिसे र भोटेकोशीका अधिकांश विद्यालयहरुमा शैक्षिक सामग्रीहरु वितररण गरेका थिए । साथै विभिन्न सामाजिक एवं नागरिक संघ संस्थाहरुले आयोजना गर्ने दिवश, खेलकुद प्रतियोगिता, मेला महोत्सवमा आर्थिक सहयोगका साथै खेलकुद सामग्री र झोलाहरु समेत प्रयोजन गर्दै आइरहेका छन् ।
स्मरण रहोस् हाल उनी महासंघको केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सल्लाहकार सभापतिको जिम्मेवारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्