२०८२ पुष ४

सिन्धुपाल्चोकका स्वास्थ्य शाखा फोकल पर्सनहरुको दुई दिने तालिम सम्पन्न

मेलम्ची – स्वास्थ्यकर्मी हरुका लागिऔषधि तथा औषधिजन्य सामनहरुको सन्चालन सम्बन्धि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ (PAMS V2) सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा तालिमको आयोजना गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य सामग्री स्टोर व्यवस्थापनका फोकल पर्सनहरू तालिममा सहभागी भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले बजेट अभावका बीचमा पनि विभिन्न प्रयास गरी तालिमको आयोजना गर्न सफल भएको बताए । उनले PAMS V2 तालिमले जिल्लाका स्वास्थ्य संस्थाहरूलाई औषधि तथा सामग्री व्यवस्थापनमा सजिलो हुने अपेक्षा राख्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरिन् । उनले संघ सरकारले भर्खरै बागमती प्रदेशबाट तालिम सुरुवात गरेको बताउदै जिल्लामा भने तालिम अहिले तालिम आयोजना गरिएको बताउदै थप तालिमको लागि पनि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मुख्य प्रशिक्षकका रूपमा प्रेम अधिकारी र केदार उप्रेतीले सहजीकरण गरेका थियो।

प्रतिक्रिया दिनुहोस्