काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका छन्। भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी वर्तमान प्रतिनिधि सभा विघटन गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, आगामी २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन हुने गरी मिति तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्