२०८२ भाद्र ११

सिद्धाश्रम शक्ति केन्द्र, सुकुटेमा हरितालिका तीज विशेष दर कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक, भाद्र ८। सिद्धाश्रम शक्ति केन्द्र सुकुटेमा रहेका आध्यात्मिक शक्ति अनुसन्धान संस्थाले यस वर्षको हरितालिका तीजको अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा दर कार्यक्रम सम्पन्न गरेको छ ।

दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रममा स्थानीय आमा, दिदीबहिनी, काकी, भाउजूलगायत समुदायका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । गीत–संगीत, नृत्य तथा रमाइलो वातावरणबीच महिलाहरूले दरसहित शुभकामना आदान–प्रदान गर्दै तीजको उल्लासपूर्ण माहोल सिर्जना गरेका थिए ।

 

आयोजक सिद्धाश्रम शक्ति केन्द्रले कार्यक्रममा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै महिलाहरूको उत्साह, उमंग र सक्रियताकै कारण कार्यक्रम भव्य र अविस्मरणीय बनेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्