२०८२ भाद्र ११

नेवा मुक्ति मोर्चा नेपा: सिन्धुपाल्चोक जिल्ला भेला सम्पन्न

 

-अशोक पराजुली

सुकुटे/ नेवा मुक्ति मोर्चा नेपा: सिन्धुपाल्चोकको जिल्ला भेला शुक्रबार सुकुटेमा सम्पन्न भएको छ । नेवा मुक्ति मोर्चा नेपा: का केन्द्रीय अध्यक्ष उमेश स्थापितको प्रमुख आथित्यतामा सम्पन्न भेलामा विशेष अतिथि नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज केशव नेपाल, केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ अजित, अतिथिहरू सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोविन्द पराजुली, बिशेष प्रदेश समितिका कोषाध्यक्ष ठुलोबाबू श्रेष्ठ, बागमती प्रदेश कमिटी सल्लाहकार बिष्णुकुमार श्रेष्ठ अखण्ड, प्रदेश सदस्य श्यामसुन्दर श्रेष्ठ विवेक, ललित श्रेष्ठ अभियान, पदम श्रेष्ठ आक्रोश, वाइसीएल केन्द्रिय सदस्य सुचितम श्रेष्ठको आथित्यता रहेको थियो ।

 

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लगायत अतिथिहरुले वर्गिय मुक्ति आन्दोलन सँगै जातीय मुक्ति आन्दोलनको पनि आवश्यकता रहेको र जातीय मुक्ति आन्दोलनको नेतृत्व माओवादी केन्द्रले लिने भएको हुनाले सवै नेवार समुदाय तथा अन्य जनजातीहरू पनि माओवादी केन्द्रले अगाडि बढाएको समाजबादी क्रान्तिमा गोलवन्द हुन आह्वान गर्नुभयो ।

अथितिहरूले सम्पुर्ण नेवारहरू नेवा मुक्ति मोर्चा नेपा: मा संगठित हुनुपुर्नेमा एक आपसमा संगठित नहुनुले आफ्नो परम्परागत थुप्रै नेवार पहिचान, संस्कार र राष्ट्रिय पर्वहरू समेत लोप वा विकृत वन्दै गएको र आफ्नो कला सँस्कृति संरक्षणको लागि पनि संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

 

भेलाले सिन्धुपाल्चोक जिल्लामा नेवा संगठनको ३ महिने सशक्त अभियान संचालन गर्ने निर्णय गरेको छ । जिल्लाका १२ वटै पालिकामा इन्चार्ज, सह इन्चार्ज, संयोजक, सह संयोजक र सचिबको जिम्मेवारी तोकेको छ । संगठन निर्माण तथा जागरण अभियानलाई सशक्त रुपमा संचालन गरि भाद्र मसान्तसम्म पालिका सम्मेलन गर्ने र मङ्सिर १३ गते चौतारामा भव्य रुपमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको छ । भेलाबाट जिल्ला संयोजकमा कमलप्रसाद श्रेष्ठ र सचिवमा महेशलाल श्रेष्ठ सहित ४१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरिएको संयोजक कमलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

 

संयोजक श्रेष्ठका अनुसार अब नेवा मुक्ति मोर्चा नेपा: सिन्धुपाल्चोक जिल्लाका रहेका पच्चीस हजार नेवार समुदायलाई संगठित गर्ने अभियानमा लागेको बताउनुभयो । उहाँले संगठनका केन्द्रिय सदस्यले कम्तिमा तीन सय जना, केन्द्रिय सल्लाहकारले दुई सय जना र जिल्ला सदस्यहरुले पच्चीस जनाका दरले अनिवार्य सदस्य बनाउन पर्ने र नेवार समुदायको घना बस्ती भएको ठाउँमा नेवा बिशेष अभियान संचालन गर्ने

समेत निर्णय भएको बताउनुभयो ।

 

कमलप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय सदस्य महेशलाल श्रेष्ठले स्वागत मनतव्य राख्नुभएको थियो भने सञ्चालन मानकुमारी श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्